डुवर्स
डुवर्स | |
---|---|
पारिस्थितिकी | |
जैविक क्षेत्र | हिन्द हिमालय क्षेत्र |
भूगोल | |
देश | भारत |
उचाइ | ९०–१,७५० मी (३००–५,७४० फिट) |
नदीहरू | ब्रह्मपुत्र नदी |
संरक्षण | |
ग्लोबल २०० | तराई-डुवर्स सवाना र घाँसे मैदान |
डुवर्स पूर्वी-उत्तरपूर्वी भारतको जलोढ़ बाढी मैदानहरू हुन् जुन हिमालयको बाहिरी फेदको दक्षिणमा र ब्रह्मपुत्र नदी बेसिनको उत्तरमा पर्दछ। यो क्षेत्र करिब ३० किमी (१९ माइल) चौडा छ र पश्चिम बङ्गालको टिस्टा नदीदेखि आसामको धनसिरी नदीसम्म करिब ३५० किमी (२२० माइल) फैलिएको छ। यो क्षेत्र भुटानको प्रवेशद्वार हो।[१] यो तराई-डुवर्स सवाना र घाँसे मैदान इकोरेजीनको हिस्सा हो।[२]
असमिया, बङ्गाली, मैथिली, भोजपुरी र मगही भाषाहरूमा डुवर्सको अर्थ 'ढोका' हो।[३] भुटानका पहाडहरू र भारतमा मैदानहरू बीच १८ वटा मार्गहरू वा प्रवेशद्वारहरू छन्। यो क्षेत्र ८८० किमी२ (३४० वर्ग माइल) को क्षेत्रफल मिलेर पूर्व र पश्चिमी डोरहरूमा संकोश नदीले विभाजित गरेको छ। पश्चिमी डोरहरूलाई बङ्गाल डोरहरू र पूर्वी डोरहरूलाई असम डोरहरू पनि भनिन्छ। डुवर्स उत्तरी भारत र दक्षिणी नेपालको तराईसँग मिल्दोजुल्दो छ।
इतिहास
डुवर्सको इतिहास धेरै पुरानो छ। यस क्षेत्रको एक प्रख्यात विद्वान वर्तमान इतिहासबिद डा. सैलेन देबनाथद्वारा गरिएको शोधको अनुसार, डुवर्स मध्ययुगीन कामतापुर अधिराज्यको भाग थियो। कामतापुर सातऔं शताब्दीको मध्यमा एक समप्रभुसत्ता सम्पन्न राज्यको रूपमा अगाडि आयो। ठूलो सम्भावना छ,चिलापता जङ्गलमामा पर्ने नाल्रजरगढ कामतापुरको प्राचीन राजधानी थियो, र गोसनिमरि अन्तिम स्थानांतरण हुनु भन्दा अघि, विभिन्न उतार चढावको परिणाम स्वरूप यसको राजधानी मैनागुरिमा र त्यसपछि प्रिथु रजर गढ सारिएको थियो, सातऔं शताब्दीमा एक प्राचीन बन्दरगाह शहर। पछि कामतापुर राज्यलाई अलाउद्दीन हुसैन शाहले १४९४मा ध्वस्त पारेका थिए, त्यसबेला त्यहा फेरि विश्व सिंघको नेतृत्वमा कोच राज्य डुवर्समा अघि आयो। डुवर्समा महकलगुरि नजीकै हिन्गुलवासमा कोच राज्यको प्राचीन राजधानी थियो। यसको लामो समय पछि कोच राजधानी अथोराकोटमा स्थानान्तरित गरियो र त्यसपछि अन्तमा वर्तमान कूच बिहार सहरमा।
केही समयको पछि कोच राज्यको कमजोरीको लाभ उठाउदै, भुटानले डुवर्सलाई कब्जामा लियो।[१]. यस क्षेत्र भुटानद्वारा नियन्त्रित थियो जब कैप्टन हेदायत अलीको नेत्रित्व अन्तर्गत भुटान युद्ध पछि १८६५मा ब्रिटिशले अधिन गर्यो। यो क्षेत्रलाई दुई भागहरूमा विभाजित भएको थियो: पूर्वी भाग असममा गोलपाडा जिल्ला र पश्चिमी भएको थियो एक नया पश्चिमी डुवर्स नाम गरेको जिल्लामा परिवर्तित भएको थियो। १८६९ सालमा एक पल्ट फेरि, यो नाम जलपाईगुडी जिल्लामा बदलिएको थियो। १९४७मा भारतमा ब्रिटिश शासनको अन्त पछि, डुवर्स भारतको अधिनस्तता स्विकार गरेको थियो र १९४९को केही पछि यो भारतमा विलय भयो।
भूगोल र जलवायु
राजनीतिक भूगोल
डुवर्स क्षेत्रमा पश्चिम बङ्गालमा दार्जिलिङ जिल्लाको समथर भाग, जलपाईगुडी जिल्लाको पुरा भाग र कूचबिहार जिल्लाको माथिल्लो क्षेत्र र असम राज्यको धुबरी, कोकराझार, बारपेटा, गोलपाडा, बोंगईगांउ जिल्लाहरू राजनीतिक रूपले कायम भएको छ।
भौतिक भूगोल
डुवर्स क्षेत्रको उचाइ समुन्द्र सतहबाट ९० देखि १७५० मीटर छ। र भुटानको पहाडहरूबाट यि उपजाऊ मैदानको माध्यमबाट असंख्य खोला र नदिहरू बहन्छन्। असममा, प्रमुख नदिहरू ब्रह्मपुत्र र मानस हुन। उत्तरी पश्चिम बङ्गालमा प्रमुख नदी टिस्टा लगायत धेरै अरु जस्तो जलधका, मूर्ति, टोर्सा, संकोश, डायना, करातोया, राइदक र कालजनि नदिहरू, अरु मध्ये छन्।
जलवायु
क्षेत्रको औसत वर्षा करिब ३५०० मिमी छ। मनसून सामान्यतया मेको मध्यबाट शुरू हुन्छ र सेक्टेम्बरको अन्त सम्म जारी हुन्छ। जाडो महिनामा कुहिरो बिहान र रात सहितको जाडो हुन्छ। गर्मिहरू कोमल हुन्छ र वर्षको एक धेरै नै छोटो समयको कायम हुन्छ।
जन जीवन
यस क्षेत्रको मूल निवासी मान्छेहरू सामान्यता मंगोललियन आकिर्तिका छन्। त्यहा असमका बोडो र बङ्गालका रभा, मैक्, टोटो, कोच, तामाङ, लिम्बू, लेपचा र राजबंशी लगायत असंख्य जनजाती कायम छन्।
जनजातीय आबादी वाहेक, एक ठूलो बङ्गाली जनसङ्ख्या (ज्यादाजसो बङ्गालको विभाजनद्वारा तत्कालीन पूर्वी पाकिस्तान (अब बङ्गलादेश)बाट विस्थापित)ले पनि डुवर्स आबाद गरे।
डुवर्स चिया बागान लागि प्रसिद्ध छ, जुन अङ्ग्रेजहरूद्वारा रोपिएका हुन। बागानहरूमा काम गर्नको लागि, उनिहरूले नेपाल र छोटा नागपुर र संथाल परगनाबाट श्रमीक आयात गरे। ओरओंस, मुन्दास, खरिया, महली, लोहारा र चिक् बरैल यो क्षेत्रहरूका आदिवासी हुन। अन्य समुदायहरूको बसोबास हुनु भन्दा पहिले, यि मान्छेहरूले जङ्गललाई गाँउ र बस्ती (कृषि गांउ)हरूमा आबाद गरे। ति जनजातीय जनताको अवशेष पश्चिमी डुवर्समा आबादीको बहुमत कायम गरेका छन्।
शहर र कस्बों
डुवर्स एक ठूलो क्षेत्र हो र धेरै सहरहरूमा छरीएको छ। पुरा दार्जिलिङ साना पहाडी भाग देखि अरुणाचल प्रदेशसम्म फैलीएको साना पहाडी क्षेत्रमा सबै भन्दा ठूलो सहर सिलीगुडी हो। यो उत्तरी बङ्गालको सहर राम्रो तरिकासँग सडक, हवाई र रेलबाट देशको बाकी भागसँग जोडीएको छ र यस क्षेत्रको व्यापार केंद्र हो।
अन्य प्रमुख सहरहरूमा असमको तेजपुर, बोंगईगांउ, गोलपाडा, बारपेटा र धुबरी छन्। कूचबिहार, अलीपुरद्वार, जलपाईगुडी, मालबजार र बिरपारा पश्चिम बङ्गालमा डुवर्सको प्रमुख सहर हुन।। यस वाहेक, जयगाउँ नजीकै रहेको भुटानको व्यवसायिक राजधानी फुन्छोलिङ, यस क्षेत्रको एक भाग मान्न सकिन्छ।
राजनीति
ऐतिहासिक रूपमा, यो क्षेत्र जातीय बिद्रोहबाट पिडित छ। असममा बोडो जातीको लागि बोडोल्याण्ड आन्दोलन र उत्तर बङ्गालमा राजबंशीहरूको लागिको कामतापुर राज्य वा ग्रेटर कूचबिहार राज्य बनाउन गरिएको आंदोलनहरू दुई धेरै उग्र विचार हुन।
अर्थ व्यवस्था
डुवर्सको अर्थव्यवस्था अङ्ग्रेजीको तीन "टी", चिया, पर्यटन र काठमा आधारित छ। डुवर्स क्षेत्रको मुख्य उद्योग चिया उद्योग हो। हजारौ मानिसहरू चाय बागान र कारखानहरूमा संलग्न छन्। धेरै मानिसहरू सुपारीको खेतीमा पनि लागेका छन, यसले पनि अर्थव्यवस्थाको लागि योगदान गरेको छ। अन्य बालीहरूको खेती मुख्य रूपले स्थानीय खपतको लागि गरिन्छ।
यो क्षेत्रमा धेरै राष्ट्रिय उद्धानहरू र वन्यजीव अभयारण्यहरू छरिएर रहेका छन, जसले भारत र विदेशबाट धेरै पर्यटकहरूलाई आकर्षित गर्दछ, यसलाई अर्थव्यवस्थाको महत्त्वपूर्ण योगदान कर्ता र बहुसंख्यक जनताको रोजगारदाता पनि बनाउन।
काष्ट उद्योग, दुवै कानुनी तरिका र अवैध रूपले, यस क्षेत्रमा विकास भेरहेको छ। केही सङ्ख्याका काठ मिल, प्लाईवुड उद्योगहरू र अन्य संबद्ध व्यवसायले पनि अर्थव्यवस्थाको लागि एक महत्त्वपूर्ण योगदानकर्ताको रूपमा काम गर्छन।
डुवर्सको कार्य भुटान तर्फको ढोकाको बाटो जस्तो हो, त्यस कारण, यो क्षेत्रमा आयात निर्यात उद्योग पनि विकास भै रहेको छ। जयगाउँ, सिलीगुडी र फुन्छोलिङ सहरहरू निर्यात आयात उद्योगको महत्त्वपूर्ण केन्द्र हुन।
यो क्षेत्र भुटान, नेपाल र बङ्गलादेशको अन्तर्राष्ट्रिय सीमाको निकट छ भएको हुदा सीमा सुरक्षा (बीएसएफ) बल, केन्द्रीय रिजर्व पुलिस (सीआरपीएफ) बल, भारतीय सेना र भारतीय वायु सेनाले क्षेत्रमा एक ठूलो उपस्थिति बनाई राखेका छन्। यो अर्द्ध स्थायी निवासीको कारण भएको छ, जसले स्थानीय अर्थव्यवस्थामा धन ल्याउदछ।
वन र जनावर
यस क्षेत्रको सौंदर्य आफ्नो चिया बागानहरू मात्र हैन बरु घना जङ्गल पनि हो, जसले ग्रामीण इलाकहरूमा कायम गरेको छ। धेरै वन्य जीव अभयारण्य जस्तो की असमको मानस राष्ट्रिय निकुञ्ज, पश्चिम बङ्गालको जल्दापारा वन्यजीव अभयारण्य, राष्ट्रिय निकुञ्ज, गोरुमरा राष्ट्रिय निकुञ्ज, छपरामारी वन्यजन्तु आरक्ष र महानन्दा वन्यजीव अभयारण्य यस क्षेत्रमा अवस्थित छन्।
बाघ, गैंडा र हात्ती जस्ता साँच्चै नै खतरामा परेका दुर्लभ प्रजातिका पशुहरूले डुवर्सको जङ्गलहरूमा उनको आबास बनाएका छन्। अन्य जनावरहरूमा विभिन्न प्रकारको हरिण, अर्ना, पक्षि र घर्सने जनाबर शामिल छन्।
यातायात
यस क्षेत्रमा यातायातको मुख्य माध्यम सडक बाटो नै हो। धेरै जसो स्थानहरू राम्रो तरिकाले सडकसँग जोडीएका छन्। एन. एच. ३१ क्षेत्रको मुख्य राजमार्ग हो। नियमित बस उत्तर बङ्गाल राज्य परिवहन निगम र असम राज्य परिवहन निगम र अन्य निजी पार्टिहरूद्वारा प्रदान गरिएको सेवाहरू क्षेत्रको सबै महत्त्वपूर्ण स्थानहरूको बीच चलाछन। साझा जीप र मैक्सी-टैक्सीहरू यो क्षेत्रमा धेरै लोकप्रिय छन्।
वहाँ न्यू जलपाईगुडी, न्यू कूच बिहार, अलीपुरद्वार, न्यू बोंगईगांउ, जस्ता केही महत्त्वपूर्ण रेलबे स्टेसन छन्। मालबजार भएर अलीपुर जंक्शन र न्यू जलपाईगुडीको बीच महत्त्वपूर्ण रेल मार्गले लगभग पुरा डुवर्स ढाक्दछ। यस रेल लाईन एकदम विवादमा परेको थियो किन भनें छिटो रेलहरूले धेरै जङ्गली हात्तीहरूलाई मारीसकेको छ। [२]
क्षेत्रको दुई महत्त्वपूर्ण विमान स्थलहरूमा सिलीगुडीको नजीकै बागडोगरा विमान स्थल र गुवाहाटी विमान स्थल हुन। अर्को विमान स्थल कूच बिहारमा शीघ्र नै शुरू गर्नको लागि प्रस्ताव गरीएको छ।
सन्दर्भ सामग्रीहरू
- ↑ Debnath, S. (२०१०), The Dooars in Historical Transition, Shiv Mandir: N. L. Publishers।
- ↑ Dinerstein, E., Loucks, C. (2001). "Terai-Duar savanna and grasslands", स्थलिय पारिस्थितिक क्षेत्र, विश्व वन्यजन्तु कोग।
- ↑ West Bengal Tourism वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-०६ मिति